मिथिला माध्यमिकी परिक्रमा आज तेश्रो दिन भारतको फुलहर प्रस्थान

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,फागुन २९ गते।

मिथिला माध्यमिकी परिक्रमा आज तेश्रो दिन भारतको फुलहर प्रस्थान गरेको छ ।

हिजो जनकपुरधामको हनुमाननगरबाट भारतको कल्ना पुगेर विश्राम गरेका परिक्रमा यात्री आज फुलहरको लागि प्रस्थान गरेका हुन् ।

फुलहरमा त्रेता युगमा भगवान राम र सिताको पहिलो भेट भएको थियो। जसलाइ गिरिजा स्थान पनि भनिन्छ। आज राति गिरिजास्थानको रात्री विश्रामपछि परिक्रमाको लस्कर भोलि बिहीबार बिहान नेपालको मटिहानी प्रवेश गर्ने छन्

धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा आईतबारबाट प्रारम्भ भएको थियो ।

भोली मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *