मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,चैत ३  गते।

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्ने भएको छ

छैठौं दिन महोत्तरीको मडै पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानैदेखि ध्रुवकुण्डका लागि प्रस्थान गरेका हुन् ।

१ सय २८ किलोमिटर दूरीको विभिन्न १४ धार्मिकस्थलको दर्शन गर्दै गरिने १५ दिने माध्यमिकी परिक्रमा धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारीस्थानबाट सुरु भइ हनुमानगढी हुँदै भारत बिहारको कल्याणेश्वरबाट औपचारिक रुपमा सुरुवात भएको थियो ।

ध्रुवकुण्डमा आज रात्रि विश्राम गरेपछि भोलि बिहान कञ्चनवन प्रस्थान गर्ने छन् । कञ्चवनमा भोलि भव्य मेला लाग्ने छ । त्यहाँ होली कार्यक्रम हुने गर्छ। परिक्रमा यात्री एक अर्कालाई अविर लगाएर होलि खेलेर रात्रि विश्राम गर्ने छन् ।कञ्चनवनमा त्रेता युगमा भगवान् राम र सीता एक आपसमा होली खेलेको मान्यता छ

ध्रुवकुण्डपछि परिक्रमा यात्रा पर्वता, सत्तोषर, औरही र विशौल हुँद फागुन चतुर्दशीको दिन विशौलबाट परिक्रमा जनकपुर फर्किनेछ ।

जनकपुरमा फागु पूर्णिमाको दिन अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *