मिथिला मध्यमा परिक्रमा आज धनुषाधाम आइपुग्दै

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,चैत ६ गते।

मिथिला मध्यमा परिक्रमा आज धनुषाधाम आइपुग्दै छ

हिजो कञ्चनवनबाट धनुषाको पर्वतामा आएर रात्रि विश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि धनुषाधामका लागि प्रस्थान गरेका हुन् ।

धनुष मन्दिरमा पूजाअर्चना गरेर आज रात्री विश्राम गरेपछि भोलि बिहान सतोषरको लागि परिक्रमा प्रस्थान हुन्छ

चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *