आज समस्त मिथिलाञ्चलमा वटसावित्री(बरसाईत) पर्व मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,जेठ २४ गते।

आज समस्त मिथिलाञ्चलमा वटसावित्री(बरसाईत) पर्व मनाउँदै छन् ।

मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘बरसाईत पावइन’ पनि भनिन्छ ।

वटसावित्री पर्वमा पतिको दीघार्युको कामना गर्दै वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नुका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ ।

प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ

वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *