साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु, देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, साउन ७ गते।

साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको छ ।

आज बिहानै देखि भगवान शिवको पूजाआराधनाका लागि शिवालयहरुमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ

जनकपुरधामको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ

साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु  र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *