आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,साउन २८ गते।

आज साउनको चौथो अर्थात् अन्तिम सोमबार ,देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ ।

साउने व्रत वसेकाहरुले साउने सोमबारमा बस्ने व्रत पुरा हुँदै छ ।

साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने र व्रत बस्ने गरिन्छ । साथै व्रत बसेकाहरुले शिवालयमा गई पुजा र विशेष आरधना गर्ने हुँदा अब शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

जनकपुरधामको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *