पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,भदौ २९ गते।

पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश प्रदेश सरकारले भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, “पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *