समाचकेवा पर्वको आज विसर्जन गरिदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,कात्तिक ३० गते।

मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा १० दिन सम्म मनाइने सामाचकेवा पर्वको विसर्जन आज गरिदैछ ।

छठको खरनाको दिन कात्तिक शुक्लपञ्चमीदेखि सुरु हुने सामाचखेवा पर्व पूर्णिमाको दिन सम्म मनाइन्छ ।

१० दिनसम्म चल्ने र पूर्णिमाको ११औँ दिन माटोको विभिन्न प्रतीकलाई भाइको हातबाट फुटाई खनिएको खेत वा वनमा राखी बिसर्जन गरिने मैथली परम्परा रहेकाे छ ।

भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामाचकेवा पर्व अहिले सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै यसको रौनकता छ ।

समा तथा चकेवा मुख्यपत्रको रुपमा रहन्छ भने यसमा खल पात्रको रुपमा चुक्ला, चुग्ली रहन्छ । अन्य चरा चुरुङ्गीको स्वरुपहरु निर्माण गरेर पञ्चमी देखि पूर्णिमासम्म डालामा सजाएर आफ्नो दाजू भाईको वीरताको बखान गीत मार्फत गर्ने चलन रहेको छ ।

समाचकेवालाई नदि, सरोवार, तलाउमा विसर्जन गरिन्छ भन्ने खल पात्रको रुपमा रहेको चुग्ला, चुग्ली सहितको पात्रलाई गाउँको छेउँमा रहेको फोहर खेलमा लगेर विर्षजन गर्ने चलन रहेको छ ।

जनकपुरधामको गंगासार पोखरीमा हजारौ दिदी बहिनीहरु आज साझ विसर्जनका लागि आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *