सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,मंसिर १६ गते।

सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि विधिवत सुरु भएको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव हुने छ ।

पाँचौ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन ममंसिर २२ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *