अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,मंसिर १७ गते।
जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव अन्तर्गत धनुष यज्ञ मनाइँदै छ ।
त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताबीच विवाह भएको थियो। त्यसकै सम्झनामा रामजानकी विवाह महोत्सव सुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ।
पहिलोदिन आइतबार सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन गरिएको थियो । आज धनुषा यज्ञ सकिएपछि भोलि चौथो दिन बुधबार तिल्कोत्सव रहेको छ ।
पाँचौदिन बिहीबार राम र जानकीको मटकोर, छैटो दिन शुक्रबार विवाहको मुख्य दिन विवाहपञ्चमी रहेको छ । सातौं दिन शनिबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।