चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २७ गते।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना परेर २० जना घाइते भएका छन् ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *