अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन ८ गते।
दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।
केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।