अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,फागुन २८ गते।
मिथिला माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतवार देखि सुरु भएको छ ।
नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनहरूको सहभागिता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो। फागुन कृष्णपक्षको औंसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो।
धनुषाको हनुमानगढमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालु आज बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् ।
परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गीर्जास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै ध्रुवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णीमाको दिन जनकपुर फर्कने छ।