मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत ४  गते।

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट कञ्चनवनमा त्रेतायुगमा सीता र भगवान् रामले एकआपसमा रंग अविर लगाइ होली मनाएको धार्मिक विश्वास छ।

यहाँ आउने श्रद्धालुले एकअर्कालाई रङ, अबिर दलेर होली शुभारम्भ गर्ने धार्मिक एवं पौराणिक परम्परा रहेको छ

तीर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित बिहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचा सरसफाइ गरी चिटिक्क पारिएको छ । परिक्रमा यात्रीले कञ्चनवमा होली खेलेपछि मिथिलामा यो पर्व विधिवत सुरु भएको मानिन्छ ।

आज राति कञ्चनवनमा विश्राम गर्ने परिक्रमा यात्री क्रमशः धनुषाको  पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन्

जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *