अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख १६ गते।
दोस्रो टी-२० खेलमा आज नेपालले वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो ।
नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए ।
तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।