पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई वालकको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, भदौ १४ गते।

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई वालकको मृत्यु भएको छ । 

मृत्यु  हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षका प्रिन्सा साँवा रहेका छन् ।

आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो ।

विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।

यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *