अनलाईन न्युजपाटी , काठमाडौँ, समाचारदाता,भदौ २५ गते।
सरकारले चाडपर्व लक्षित असोज ७ देखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको जानकारी दिए ।
खाद्य व्यापार कम्पनीले चामल, दाल, गहुँ, आटा, पीठो, चिनी लगायतका खाद्यान्न बिक्री गर्ने भएको छ । यी खाद्यान्नमा के कति सहुलियत दिने विषयमा छलफलको क्रममा रहेको सूचना अधिकारी सुवेदीले बताइन् ।