अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,असोज ८ गते।
मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वको आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।
धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म बर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।
आज जितिया व्रत र भोलि साँझ ५ बजे व्रत पारण विधि गरिन्छ ।