मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,फागुन ६ गते।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् ।

उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

केन्द्रीय गठबन्धनमा अझै सामेल भए पनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिवले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *