आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको गरे शिलान्यास

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,फागुन १२ गते।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको शिलान्यास गरेका छन्।

धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ  एक हजार पाँच सय दशमलव ४४ मिटर छ।

झोलुङ्गे पुल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको बताए।  

उनले निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याउने र दुई जिल्लाको पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *