अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत २० गते।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही अनुरूप मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो ।