आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख १२ गते।

उपनिर्वाचनको आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ

निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन। प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ को क मा उपनिर्वाचन हुँदै छ। इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *