अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,साउन ५ गते।
मलेसियाका नयाँ राजा ६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन्।
मलेसियामा आफ्नो प्रकारको अनौठो राजतन्त्र छ जसमा सिंहासनको जिम्मेवारी नौ राज्यका शाही परिवारहरू बीच परिक्रमाद्वारा विभाजित हुन्छ । प्रत्येक राजालाई पाँच वर्ष शासन गर्न दिइएको छ । वर्तमान राजा देशको जोहर प्रान्तका हुनुहुन्छ । उहाँसँग पाँच अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको बताइएको छ ।
सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताउनुभएको छ ।