अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,साउन २७ गते।
भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा शिष्टाचार भेटवार्ता भएको हो ।
नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजू राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।
विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।