अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, भदौ २ गते।
आज परराष्ट्र मन्त्री आरजु राणा देउवा पाँच दिने भारत भ्रमणमा जाँदै छिन् ।
उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।