अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर ४ गते।
आज स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
सोही दिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।