आज – २७ भाद्र २०८१ बिहिवार को राशिफल

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,भदौ २७ गते।

मेष (चुचेचोलालिलुलेलो)#Aries

बौद्धिक क्षेत्रमा मान र सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त भए पनि खानपानमा भने सन्तुष्टि नहुनसक्छ।

बृष (बाबिबुबेबो)#Taurus

धार्मिक कार्यमा सहभागी हुने योग छ। आध्यात्मको चर्चामा झुकाब बढ्नेछ। साथी तीर्थ पुगेको खबरले मन शान्त बन्नेछ। लगानी गर्नुभएको खण्डमा शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन (काकिकुकेको)#Gemini

शरीरमा गर्मीका कारण लाग्ने रोगले सताउने छ। सानो कुराले दिन झन्झटिलो बन्नेछ।  साह्रो र गाह्रो पर्दा बन्धुको साथ मिल्नेछ। लगानीका क्षेत्रमध्ये धार्मिक अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारको व्यवस्थापन कमजोर हुँदा विवाद हुने जोखिम छ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer

प्राविधिक शिक्षाको लगानीबाट राम्रो फाइदा हुने दिन छ। परिवारसँग बसेर मिठो खाने अवसर मिल्नेछ। राजनीतिक संगठनमा तपाईंलाई पछाडि पार्ने जोखिम छ। पुरानो रोगको प्रकोप बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo

तपाईंको बोलीमा मिठास रहेको छ। गला र कलाको प्रदर्शन गर्ने दिन छ। आम्दानीका स्रोत धेरै छन्। अप्रिय खबरले मन दुःखी बन्नेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। नयाँ ठाउँको यात्रा तय हुने सम्भावना छ।

कन्या (टोपिपुपेपो)#Virgo

धार्मिक कार्यको माध्यमबाट राम्रो आम्दानी हुनेछ। राजनीतिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको प्रेम शान्त बन्नेछ।

तुला (रिरुरेरोतातितुते)#Libra

लामो समयदेखि रोकिएका काम सञ्चालन हुनेछन्। लगानीका क्षेत्रमध्ये स्वास्थ्य र शिक्षामा भएका लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा विशेष सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio

बोल्दा सोचेर बोल्नुपर्ने दिन छ। तपाईंका लगानीका स्रोत राम्रा छन्। पैतृक सम्पत्ति जोडेर गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक क्षेत्रमा चासो बढ्नेछ। सामाजिक कार्यमा थालेको काम सफल बन्नेछ।

धनु (येयोभिभुफाभे)#Sagittarius

सञ्चित धन खर्च गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशको रमझमप्रति मन आकर्षित हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। धार्मिक प्रवचन सुनेमा मन शान्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn

पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। आफन्तबाट असहयोग हुनेछ। शनिवक्र गतिमा रहेकाले तपाईंको सम्पत्तिमा आँखा लगाउने बढी नै छन्। बिहान उठेर हनुमान चालिसा पाठ गराएमा दिन सहज बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius

सानो कुराले मनमा खटपटी बढ्नेछ। लगानीका स्रोतमा मन्दीको समस्या रहेको छ। मध्य साढेसातीको प्रकोप शान्त गर्न पिपलको दर्शन र शिवभजन सुन्न सकेमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन (दिदुदेदोचि)#Pisces

धर्म र संस्कार बुझ्ने मौका मिल्नेछ। प्राविधिक क्षेत्रमा चासो बढ्नेछ। बजारका गुलिया र मिठा कुरा खान लोभ गर्ने बानीले रोग बढ्नेछ। शरीरलाई स्वास्थ्य राख्न खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *