अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,असोज १५ गते।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries
शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। पढाइमा रुचि बढ्नेछ। परीक्षाको दिन भए राम्रो नतिजा प्राप्त हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus
स्वास्थ्यमा नसोचेको समस्या हुनसक्छ। खानपानमा सचेत बन्नुपर्नेछ। शिक्षाको लगानीमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारले संकटमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini
तपाईंले विश्वास र संरक्षण गरेका मान्छे विपक्षी कित्तामा पुग्नेछन्। बोल्दा शब्दको चयन गर्नु राम्रो हुनेछ। सानो भनेर रोगलाई लापरवाही गरेमा गम्भीर जोखिम बढ्नसक्छ। परिवारमा तपाईंको कुरा नबिक्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer
लगानी गरेको भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। सम्पत्ति र पदले घमण्ड बढ्नेछ। लगानीका स्रोतमध्ये उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo
सुन्दर बन्न मन लाग्नेछ। तपाईंको रुपको प्रशंसा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारमा हुने सम्बन्धमा शान्त वातावरण बन्नेछ। खानपानमा ख्याल नगर्दा नयाँ रोगको प्रकोप बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo
सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनसक्ने जोखिम देखिन्छ। लगानीका क्षेत्रमध्ये भूमि सम्बन्धी कारोबारमा आम्दानी हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra
लगानीका क्षेत्रमा सफलता मिल्नेछ। निजी क्षेत्रको लगानीबाट अगाडि बढ्ने योग छ। सामाजिक संस्था र पश्चिमा धर्मको आँडमा नाम र दाम बढ्नेछ। परिवारमा रचनात्मक काम बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio
आम्दानीका बाटा प्रशस्त भए पनि मन अशान्त बन्ने जोखिम छ। धार्मिक चर्चा परिर्चामा सहभागी हुन पाइने छ। वैदेशिक क्षेत्रको लगानीमा मन जानेछ। परिवारमा सुख मिल्ने योग छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius
धन लाभ हुने दिन छ। राजनीतिक संगठनबाट साथ र सहयोग रहनेछ। परिवारले ठुलो साथ दिनेछ। खानपानमा ख्याल नगर्ने बानीले पेट सम्बन्धी समस्या बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn
आफ्नो इच्छा विपरितको काम गर्नुपर्ने बाध्यता हुनसक्छ। मन अशान्त बन्नेछ। शनि शान्ति गरेमा मन सामान्य बन्नसक्छ। शनिको पूजा मात्र गरेमा परिवारमा मेलमिलाप हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius
सप्तम भावमा चन्द्रमा रहेका छन्। परिवारमा प्रेम बढ्नेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces
अनावश्यक खर्च बढ्ने जोखिम छ। सानोसानो काममा खर्च कटौती गर्नुपर्ने देखिन्छ। आफन्तले हरेक काममा साथ दिनेछन्। बिहानै गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।