आज – १७ आश्विन २०८१ बिहिवार को राशिफल

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,असोज १७ गते।

मेष (चुचेचोलालिलुलेलो)#Aries

शुभकार्यमा अवरोध हुनेछ । व्यापारमा घाटा र मन अशान्त हुनेछ । राजनीतिक संगठनमा समस्या हुनसक्छ । न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ । शिक्षाको लगानीमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ ।
बृष (बाबिबुबेबो)#Taurus

शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । तपाईंलाई ग्रहले साथ दिएका छन् । बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ ।

मिथुन (काकिकुकेको)#Gemini

कार्यशैलीकै कारण मन अशान्त बन्नेछ । साना कुराले सताउने छ । इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer

शुभग्रहको बहुमत भएकाले काम बन्नेछ । धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ । शान्ति र सम्पत्तिले साथ दिनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo

मन अशान्त बन्नेछ । शंका गर्नेको संख्या बढ्नेछ । साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन् । परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।

कन्या (टोपिपुपेपो)#Virgo

दैनिकी राम्रो छ । सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ । लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ । सम्पत्ति र खर्च बराबर हुनेछ ।

तुला (रिरुरेरोतातितुते)#Libra

नसोचेको क्षति हुनसक्छ । राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ । बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio

समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ । बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ । आफन्तबाट धन आर्जन हुने योग रहेको छ । गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ ।

धनु (येयोभिभुफाभे)#Sagittarius

राम्रो कामको सुरुवात हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ । दिन शान्त र सहजै बित्ने देखिन्छ ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn

धर्मस्थानमा अनुकुल ग्रह बसेका छन् । पितृले आर्शिवाद दिने दिन छ । राज्य र साथीबाट साथ र सहयोग रहने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । भ्रमणको अवसर जुट्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius

अचानक रोग देखिने छ । मनमा रोग बढ्नेछ । मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । यसले दिन शान्त र परिवारमा मेलमिलाप हुनेछ ।

मीन (दिदुदेदोचि)#Pisces

भाग्य चम्किने दिन छ । आफू शान्त बन्न सके सबै काम बन्नेछन् । राज्य र समाजको सेवामा अवसर मिल्नेछन् । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *