आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १० गते। 

आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसँग जीत निकाल्ने लक्ष्यमा छ

पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । समूह डीमा न्युजिल्याण्ड लगातार २ खेल जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान २ अंक लिएर दोस्रो स्थानमा छ ।

नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली टोलीमा उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि रहेका छन् ।

नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *