आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १७ गते।

यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ ।

पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै नेपालको सुपर सिक्समा प्रवेश पाएको हो ।

यस्तै, बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न प्रयासरत छ । नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । यू-१९ विश्वकपमा नेपालले तेस्रो पटक बङ्गलादेशको सामना गर्न लागेको हो ।

यसअघि नेपाल र बंगलादेशबीच दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा एकमा नेपाल र एकमा बंगलादेश विजयी भएका थिए । नेपालले २००२ मा भएको यु-१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *