नेपाल-क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २९ गते।

आज नेपाल-क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल हुँदैछ ।

खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।

शनिवार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्‍यो । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ ।

खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा उनीहरूले राम्रो प्रदर्शन गरे ।

नेपाली टोलीले यो सिरिज सके लगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ । उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबिच टी–२० शृङ्खला हुनेछ।  यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *