अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १९ गते।
त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ।
जारी खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ ।
नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।
नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ ।