अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत १७ गते।
आईपीएलमा (IPL) गएराति भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) लाई ७ विकेटले पराजित गरेको हो ।
आरसीबीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । केकेआरले ३ विकेट गुमाएर १६.५ ओभरमा लक्ष्य पूरा गर्यो ।
कोलकाताका वेन्कतेश ऐयरले सर्वाधिक ५०, सुनिल नरेनले ४७ रन, फिल साल्टले ३०, कप्तान श्रेयर ऐयरले अविजित ३९ रन र रिंकु सिंहले ५ रन बनाउँदै जित हासिल गरे ।
दुई खेलमा दुई खेल जितेको केकेआर अंकतालिकको दोस्रो स्थानमा छ भने तीन खेलमा दुई खेल हारेको बेंग्लोर अंकतालिकाको छैंटौं स्थानमा रहेको छ ।
आज राति लखनउ सुपर जायन्ट र पञ्जाब किंग्सबीच खेल हुँदैंछ ।