आईपीएलमा(IPL) चेन्नई सुपर किंग्स (CSK) ले सनराइजर्स हैदरावादलाई (SRH) ७८ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १७ गते।

आईपीएलमा(IPL) चेन्नई सुपर किंग्स (CSK) ले सनराइजर्स हैदरावादलाई (SRH) ७८ रनले पराजित गरेको छ ।

चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि ऐडन मार्क्रमले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै, हेनरिच क्लासनले २० रन तथा अब्दुल सामदले १९ रन बनाए ।

अभिषेक शर्मा र नितिश कुमार रेड्डीले १५–१५ रन तथा ओपनर ट्राभिस हेडले १३ रन हिर्काए । हैदराबादलाई सस्तोमा समेट्न तुसार देशपाण्डेले ४ तथा मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २–२ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको शानदार इनिङ्स खेले ।

त्यस्तै, डेयरल मिचेलले ३२ बलमा ५२ तथा शिवम दुवेले २० बलमा ३९ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले १–१ विकेट लिए ।

पाँच जितसहित १० अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने हैदरावादको टोली लगातार दुई हारका साथ चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *