अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २५ गते।
आईपीएलमा मुम्बई इण्डियन्सले सोमबार राति भएको खेलमा हैदराबादलाई ७ विकेटले पराजित गरेको हो।
१७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्यो । सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे ।
तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए ।
हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक/एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अङ्क जोडेको छ । ११ खेल खेलेको हैदराबादको १२ अङ्क छ ।