अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २७ गते।
आईपीएलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ।
लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो।
हेडले मात्र ३० बलमा ८९ रन बनाए । उनले ८ चौका र ८ छक्का हिर्काए । त्यस्तै, अभिषेक शर्माले २८ बलमा ७५ रन बनाए । उनले ८ चौका र ६ छक्का प्रहार गरे ।
लखनउले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । लखनउका लागि आयुष बदोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए । उनलाई २६ बलमा ४८ रन बनाएका निकोलस पूरनले राम्रो साथ दिए ।
त्यस्तै, कप्तान केएल राहुलले २९ रन तथा क्रुनाल पाण्ड्याले २५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए ।
जीतपछि हैदराबाद १२ खेलबाट १४ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ समान खेलबाट १२ अङ्कसहित छैटौँ स्थानमा सीमित रहेको छ ।