अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असार १३ गते।

आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको छ।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे।

ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए।

दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल शनिबार हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *