रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई पराजित गर्दै जित्यो यूईएफए सुपर कपको उपाधि

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,साउन ३१ गते।

रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई पराजित गर्दै यूईएफए सुपर कपको(UEFA) उपाधि जितेको छ ।

मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको (UEFA) उपाधि जितेको हो ।

रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक-एक गोल गरे ।

एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

एमबाप्पेले आफ्नो लागि यो उत्कृष्ट क्षण रहेको र लामो समयदेखि यो क्षणको प्रतीक्षामा रहेको बताए ।

रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *