आज भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदै

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ १२ गते।

भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदैछ।

गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ

बिहान साँढे १० बजेदेखि परेडको तयारी छ भने राष्ट्रपति म्याक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् ।

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *