जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ २१ गते।

जापानको इशिकावा प्रान्तमा सोमबार बिहान स्थानीय साढे ६ बजेतिर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ

जापानको इशिकावा प्रान्तमा गएको उक्त भूकम्पबाट कुनै क्षति नभएको जापानी सञ्चारमाध्यमले जनाएका छन्। सुनामीको चेतावनी पनि जारी भएको छैन ।

गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो ।

आज बिहानको भूकम्पको धक्कालाई ५.९ मान दिइएको छ । यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।

सार्वजनिक यातायातका सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *