अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता, असोज २७ गते।
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
सुन्नीहरूको एउटा समुह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो । जवाफी कार्यवाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो ।
सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ ।