अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २० गते
नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ।
शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।