पेट्रोलियम पदार्थको मूल्य घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १६ गते

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको बैठकले डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो।

पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ। नयाँ बिक्री मूल्यअनुसार डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ।

इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *