बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक २४ गते

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *