अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज १५ गते
जनकपुरधामको राजदेवी मन्दिरमा १४,९०३ वटा बोकाको बलिप्रदान भएको छ ।

बोकाबलीका लागि यसपालि मन्दिरमा ४ वटा ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो।
बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो ।

भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।