अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, मङ्सिर १० गते
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ ।
त्रेता युगमा भगवान रामसहित चारै दाजुभाइको विवाह एकसाथ भएको थियो । जन्तीमा आएका अयोध्याका महराज दशरथ, गुरु पुरोहितलगायतका जन्तीहरुलाई भाँतीभाँतीको गाली दिएर मैथिलानीहरु मनोरञ्जन गरेका थिए ।
विवाहपछि जन्ती बेहुली सीतालाई लिएर अयोध्या प्रस्थान गर्दा राजा जनकले विदाइ गरेका थिए । त्यसको संस्मरण गर्दै अयोध्याबाट आएको जन्तीको सम्मानमा बुधबार जानकी मन्दिरमा रामकलेवा गरिनेछ । रामकलेवामा जन्तीलगायत श्रद्धालुहरुलाई मिथिलाको विशिष्ट परिकारसहितको भोजनपश्चात विदाइ हुनेछ ।