अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, मङ्सिर ८ गते
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर मनाइँदै छ ।
जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार आज दिउँसो जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।
मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत विधि सम्पन्न गरिने चलन छ ।
मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम हुने छ ।