सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिल्कोत्सव मनाईदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, मङ्सिर ७ गते

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिल्कोत्सव मनाईदै छ ।

विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन गरिन्छ । दोस्रो दिन फूलबारी लीला सम्पन्न भइसकेको छ । चौथो दिन मंसिर ७ गते तिल्कोत्सव, मंसिर ८ गते मटकोर छ । मंसिर ९ गते विवाहपञ्चमीको मुख्य दिन विवाहोत्सव छ । मंसिर १० गते रामकलेवासहित अयोध्याबाट आएका जन्तीलाई विदाई गर्दै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा सम्पन्न गरिनेछ ।

तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्ष दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित बेहुला अर्थात बरको घरमा पुगेर दिन्छन् । त्यसलाई भार (कोसेली) भन्छन् । भार पुर्याएपछि बेहुला र बेहुली पक्षबीच टिकाटालो हुन्छ ।

मैथिली परम्पराको यही विधि पूरा गर्न जानकी मन्दिरबाट साधुसन्तहरु बाजागाजासहित कोसेली लिएर जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *