सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, मङ्सिर ६ गते।

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदैछ ।

त्रेता युगमा जस्तै आजको दिन धनुष यज्ञमा भगवान रामले सीतासँग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ ।

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर ४ गतेबाट सुरु भएको विवाहपञ्चमी मंसिर ११ गतेसम्म चल्ने छ ।

भोलि मंसिर ७ गते तिल्कोत्सव, मंसिर ८ गते राम र जानकीको मटकोर र मंसिर ९ गते गते विवाहपञ्चमी मुख्य दिन रहेको छ । मंसिर १० गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *